चार सांसदको दल त्याग सूचना आज संसदमा पेश हुँदै




काठमाडौं : नेकपा माओवादी केन्द्रले आफ्ना चार सांसदले दल त्याग गरेको भनी निएको सूचना आज प्रतिनिधि सभा बैठकमा पेश हुँदैछ । प्रतिनिधि सभामा पेश भएपछि चारै जनाको पद खोसिनेछ ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर आफ्ना चार सांसद क्रमशः अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए । त्यो पत्र आज प्रतिनिधि सभाको बैठकमा प्रस्तुत भएसँगै चारै जना मन्त्रीको सांसद पद जानेछ ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । चारै जना मन्त्री छन् । सांसद पद खारेज भएपछि उनीहरुको मन्त्री पद पनि जानेछ । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेमा उनीहरु थप छ महिना मन्त्री पदमा रहनसक्नेछन् । सांसद नभए पनि छ महिनासम्म मन्त्री बन्नसक्ने प्रावधान संविधानमा छ ।

प्रतिक्रिया दिनुहोस्