सन्नी लियोनीको फ्यानहरुलाई थाहा नभएको अर्को परिचय



एजेन्सी : बलिउडकी अभिनेत्री सन्नी लियोनी हिजोबाट ३८ वर्षकी भइन् । सन् २०१२ मा बलिउडमा प्रवेश गरेर लोकप्रिय भएकी उनी दर्शकको मनमा बस्न सफल कलाकारको रूपमा चिनिन्छिन् । 

उनी गुगलमा सबै भन्दा बढी सर्च गरिने कलाकारमा पर्न सफल छिन् । अधिकतम मानिसले उनलाई फिल्मी क्षेत्रको एडल्ट स्टारको रूपमा चिन्दछन् । तर उनका कमै फ्यानहरुलाई थाहा भएको अर्को परिचय पनि छ । उनी एक महिला उद्यमी पनि हुन् । 

उनले कतिपय ठाउँमा यो स्वीकार गरेकी छिन् कि उनलाई धेरै पैसा कमाउन मन लाग्छ । उनी बिजनेस माइन्डेड छिन् । उनी पैसा कमाउन र बचाउन माहिर छिन् । उनले म्युचलफन्ड, रियल स्टेट र रिटायरमेंन्ट फन्डमा पनि पैसा जम्मा गरेकी छिन् । 

उनी क्यालीर्फोनियामा बस्दै फ्युचर बिजनेस लीर्डस अफ अमेरिकामा जोडिएकी थिइन् । उनी भारतीय टेलिभिजनमा केही विशेष कार्यक्रम पनि सञ्चालन गर्छिन् । 

उनले विभिन्न ठाउँमा बिजनेस सुरुवात गरेकी छिन् । उनको सबै काममा उनका पति डेनियलले सहयोग गर्दछन् । उनी सन्नीको बिजनेस गुरु पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्