सुश्मिता सेनको प्रेम सामाजिक सञ्जालमा भाइरल



एजेन्सी : सन् १९९४ मा १८ वर्षको उमेरमै मिस युनिर्भसको उपाधि हासिल गरिसकेकी सुश्मिता सेन हाल रोहमन शावंल सँग डेट गरिरहेकी छन् । हालसालै उनीहरू अमृतसर स्थित गोल्डन टेम्पल पुगेका थिए ।

सुश्मिताले उनीहरूको विशेष भ्रमणको केही तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । साथै गोल्डेन टेम्पलको भिडियो समेत सेयर गरेकी छिन् र उक्त पोस्टहरू हाल चर्चामा छन् । 

सामाजिक सञ्जालमा निकै एक्टिभ सुस्मिताको प्रेम सम्बन्धलाई खुलस्त देख्न सकिन्छ । सुस्मिताको फिटनेश भिडियो पनि धेरै चर्चामा रहने गर्दछ । 

उनी लामो समय देखी फिल्ममा देखिएकी छैनन् तर सामाजिक सञ्जालमा भने बेला बखतमा भाइरल भइरहन्छिन् ।

प्रतिक्रिया दिनुहोस्