एउटा केटाकाे लागि तीन जना युवतीले गरिन् विष सेवन



गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिका १० को भगवती माविका तीन छात्राले विष सेवन गरेका छ्न। कक्षा १० मा अध्ययन गर्ने सोही वडाका १६ वर्षीया समीक्षा थापा, सपना थापा र पार्वती केसीले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए। 

 

समीक्षाले मुसाको विष बोतलमा घोलेर शुरुमा आफूले खाएको र पछि अरू दुईजना साथीहरूलाई खानेपानी भनेर खुवाएको उपरीक्षक बस्नेतले बताए। 

 

बिहान अतिरिक्त कक्षा चलिरहेको बेलामा पिसाब फेर्न भनेर बाहिर निस्किएका उनीहरूले साढे नौ बजे विष सेवन गरेको विद्यालयले जनाएको छ। घटनाले आफूलाई पनि दु:ख लागेको बताउँदै प्रध्यानाध्यापक खेमराज आचार्यले एक जनाको नियतले अरू पनि फसिएको बताए। 

 

तीन जनालाई नै जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार गरी थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको प्रहरीले जनाएको छ। 

 

सुरुमा विष सेवन गर्ने समीक्षाले आफ्नो स्थानीय एक दलित केटासँग प्रेम सम्बन्ध रहेको र घरकाले पटकपटक तनाव दिएपछि विष सेवन गरेको बताइन्।

 

प्रतिक्रिया दिनुहोस्