२१ वर्ष लागिन् आमिर खानकी छोरी इरा



मुम्बई : बलिउडका ‘मिस्टर पर्फेक्सनिस्ट’ की छोरी इराले ‘टिन एज’ पार गरेकी छिन्। सन्दर्भ मिस्टर पर्फेक्सनिस्ट अर्थात आमिर खानकी पहिलो पत्नी रीना दत्तातर्फकी छोरी इराको हो।

इरा ४ वर्षकी हुँदा सन् २००२ मा उनका बाबुआमाको सम्बन्धविच्छेद भएको थियो। त्यसपछि उनी आमा रीनासँग हुर्किइन्। आमिरले उनको जन्मदिनमा आफ्ना लागि इरा जति ठूली भए पनि सधैं ६ वर्षीया फूच्ची नै रहने निकै इमोसनल पोस्ट गरी जन्मदिनको शुभकामना दिए पनि उनले भने कुनै प्रतिक्रिया जनाएकी छैनन्।

आमिरले उनीसँगको तस्बिरसमेत पोस्ट गरेका छन्, जुन उनले सन् २००५ मा ‘द राइजिङ : मंगल पान्डे’ सुटिङ गर्दा ताकाको हो। हुन त उनी बेला बेला पिता आमिरसँग पनि भेटघाट गर्ने र सँगै समय बिताउने गर्छिन्।

उनका पिताले एउटा अन्तर्वार्तामा भनेको ‘म यकिनसँग त भन्न सक्दिनँ, उसले के सोचिरहेकी छ। तैपनि मलाई लाग्छ उसलाई फिल्म मेकिङ मनपर्छ, त्यसैले हुनसक्छ ऊ यही लाइनमा आओस्’ स्मरणयोग्य छ। के बेर अब बलिउड गर्ने स्टारकिड्समा उनी पनि सामेल हुन!

सन् १९८६ मा बिहे गरेका उनका आमाबुवा १६ वर्ष सँगै बसेका थिए। इराकी आमासँग छुट्टिएको ३ वर्षपछि किरण रावसँग बिहे गरे। किरणतर्फ आमिरको ७ बर्से छोरा आजाद राव खान छन्।

प्रतिक्रिया दिनुहोस्