पर्दामा फेरि एकसाथ आउँदै रणवीर-दीपिकाको जोडी



एजेन्सीः रिल तथा रियलमा पनि उत्तिकै रूचाइएका रणवीर सिंह तथा दीपिका पादुकोणको जोडी पुनः पर्दामा एकसाथ आउने भएको छ।सार्वजनिक खबर अनुसार दीपिका र रणीवीर '८३' सिनेमामा एकसाथ देखिनेछन्। सिनेमाका लागि निर्देशक कबीर खानले दीपिकालाई पक्का गरिसकेका छन्।

सिनेमामा दीपिकाले रणवीरकी पत्नीको भूमिका निभाउने अनुमान गरिएको छ। सिनेमामा उनले क्रिकेटर कपिल देवीकी पत्नी रोमी भाटियाको भूमिका गर्नेछिन्।रोमी एक सुन्दरी प्रतियोगिताकी ताज विजेता हुन्। सिनेमामा कपिल र रोमीको प्रेमकथाको साथमा पतिपत्नीको सम्बन्धलाई प्रस्तुत गरिनेछ।हार रणवीर सिनेमाको तयारी गरिरहेका छन्। सिनेमा सन् १९८३ मा भारतले क्रिकेट विश्वकप जितेको कथामा आधारित रहेको छ।

प्रतिक्रिया दिनुहोस्