फ्यान बढेकोमा खुसी छिन् प्रियंका



एजेन्सी : चर्चित बलिउड अभिनेत्री प्रिंयका चोपडा अहिले निकै खुसी देखिएकी छन्। नेक्स जोनसनसगँ विवाह पछि उनी अझ बढी लोकप्रिय बनेकी छन्। उनको खुसीको खास कारण भने इन्स्ट्राग्राम बढेको फलोअर। हालै उनको इन्स्ट्राग्राममा ४ करोड फलोअर पुगेका छन्।  जसकारण उनी एकदम खुसी छिन्। उनको पति जोनसनको २ करोड फलोवर छन्। 

 

यसमा रमाउँदै उनले सबै फ्यानहरुमा धन्यवाद व्यक्त गरेकी छन्। उनले इन्स्ट्राग्राममा एउटा भिडियो पोस्ट गरेकी छन्। उक्त भिडियोमा प्रियंकाले सबैलाई फ्लाइंग किस दिएकी छन्। 

उनले उक्त भिडियोमा क्यापसनस्वरुप आफ्नो करिअरमा साथ दिने सबै इन्स्ट्राका फेमिलीलाई धन्यवाद दिएकी छन्। 

प्रतिक्रिया दिनुहोस्