पाटेकरमाथिको तनुश्रीको आरोप प्रमाणित भएन



एजेन्सी : सन् २०१८ मा तनुश्री दत्ताले नाना पाटेकरविरुद्ध यौनशोषण आरोप लगाएकी थिइन्। उनले सन् २००९ ‘हर्न ओके पिलिज’ फिल्म सुटिङ बेला आफू शोषित भएको भन्दै उजुरी नै दिएकी थिइन्। 

प्रहरीका अनुसार ७ महिनाअघि पाटेकरविरुद्ध उजुरी दर्ता भएको थियो। तर अहिलेसम्म यसको पुष्टि भने भएको छैन।  तनुश्री र नानाबारे पुलिसले करिब १५ जनासँग बयान लिइसकेको छ। जसमा डेजी शाह पनि सामेल थिए, जो उक्त फिल्लका कोरियोग्राफीमा सहयोग गर्थे। डेजीले पुलिसलाई त्यसबेला यसबारे आफूलाई केही थाहा नभएको बताएका थिए। 

प्रहरीका एक उच्च अधिकारीका अनुसार धेरैको बयान आए पनि आरोपको सपोर्ट भने कसैले गरेका छैनन्। जसको मुख्य कारण भनेको त्यसबेलाको घटना प्रायले बिर्सिसक्नु हो। तनुश्रीले पनि अझसम्म कुनै पनि साक्षी फेला पार्न सकेकी छैनन्। उनले अहिलेसम्म बयान दिने सबै पाटेकरका साथी हुन् र उनीहरुले कहिल्यै पनि उनीविरुद्ध बयान दिएका छैनन्। 

साथै आफूले अदालतमा पेस गर्न खोजेका साक्षीहरुलाई समेत केही व्यक्तिबाट धम्की आएको तनुले बताएकी छन्। 

प्रतिक्रिया दिनुहोस्