नयाँ दिल्लीमा मिथिला नाट्यकला परिषदको गीति नाटक



जनकपुरघाम नेपालमा मैथिली रंगमंचको सबै भन्दा पुरानो नाट्य संस्था मिथिला नाट्यकला परिषद (मिनाप)ले अन्र्तराष्ट्रिय महोत्सवमा आफनो कलाको प्रर्दशनी गरेको छ । भारत सरकारद्धारा बुधबार नयाँ दिल्लीको मंडिमा आयोजित कार्यक्रममा जानकीलीलाको प्रस्तुती देखाइएको हो । 

कलाकारहरुले नाटक मार्फत् जानकीको जन्मदेखि विवाहसम्मको सम्पूर्ण वृत्तान्तबारे आफनो प्रस्तुती देखाएका थिए । उक्त गीति नाटकमा जानकी जन्मपूर्व मिथिलामा परेको अनिकालका कारण वर्षातको कामना गर्दै राजा जनकले गरेको ‘हलेष्ठी यज्ञ’का कारण वर्षा भएको लगायत रामजानकीको विवाह पश्चात् कोहवर सम्मको प्रस्तुति देखाइएको थियो । 

नेपालबाट जानकी लिलाको पहिलो मञ्चनका निमित्त दिल्लीमा प्रतिनिधित्व गरेको मिनापले पुन: भारतको राजस्थानमा अवस्थित साँस्कृतिक नगरीको रुपमा समेत परिचय बनाएको जयपुरमा दोस्रो प्रस्तुतीका सरिक हुने मिनापका पूर्व अध्यक्ष सुनील मल्लिकले जानकारी दिएका छन् ।  

अन्र्तराष्ट्रिय ‘रामलीला’ महोत्सवमा यस वर्ष भारतसहित नेपाल, श्रीलंका र थाइल्याण्डका रंगकर्मीहरुले पनि आफ्नो कला प्रदर्शन गर्दैछन् ।  जानकीले भारत र नेपालबीच धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध जोडेकोले रामलीला महोत्सवमा ‘जानकीलीला’ मञ्चन गरेको पूर्व अध्यक्ष मल्लिकले बताए ।  

रतको राजधानी नयाँदिल्ली र राजस्थानको जयपुरमा नाट्य महोत्वस आयोजना भइरहेको भए पनि जनकपुरका रंगकर्मीहरुले आफ्नो प्रस्तुतिका लागि मैथिली भाषा नै रोजेका छन् । रंगकर्मीहरुको जानकी जन्मदेखि विवाहसम्मको यथार्थपरक प्रदर्शनले दर्शकहरु माझ भगवान जानकीको त्रेताकालीन इतिहासको झझल्को दिएको प्रतिक्रिया नाट्य समूह सँगै गएका वरिष्ठ संचारकर्मी श्याम सुन्दर शशिले जानकारी दिए । 

नाटकमा प्रयोग गरिएका सोहर, बधैया, पमरिया, झुलासहितका पारम्परिक गीत संगीतले जानकीलीलालाई थप आकर्षक बनाएको छ । मिनापका अध्यक्ष झाको निर्देशनमा तयार पारिएको गीती नाटकमा पूर्वअध्यक्ष मल्लिकले संगीत दिएका छन् भने धीरज ठाकुर र सन्नी राउतले नृत्य निर्देशन गरेका छन् ।

जानकीलीलामा मिनापका चर्चित कलाकार मदन ठाकुर, गंगाकान्त झा, परमेश झा, मुकेश झा, पूजा ठाकुर, सुरेन्द्र राय, अनिता रानी मण्डललगायतक कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेका छन् । 

यसैगरी प्रत्यक्ष गायनको भूमिकामा मिनापका पूर्व अध्यक्ष मल्लिक, मिनापका उपाध्यक्ष ललित कामत र मिनापका सदश्य नेहा प्रियदर्शनी लाई दिइएको छ । महोत्सवमा सहभागी हुनका लागि ३० सदस्यीय मिनापको टोली शनिवार भारतको राजधानी नयाँदिल्ली पुगेका थिए । 

 

प्रतिक्रिया दिनुहोस्