कतार विश्वकपबाटै ४८ देशकाे सहभागिता



एजेन्सी : अबदेखि कतार विश्वकपमै ४८ टिमको सहभागिता हुन भएकाे छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यस्ताे बताएका हुन् । उनले भने,  'यसले विश्वकप आयोजनामा कतारले अरु देशसँग पनि साझेदारी गर्नुपर्ने हुन सक्छ ।

 

फिफाले २०२६ को विश्वकपमा ३२ को साटो ४८ टिमको सहभागिता रहने निर्णय गरिसकेको छ । यो विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछ ।

 

तर, इन्फान्टिनोले २०२२ को विश्वकपबाट यसलाई लागू गर्न चाहन्छन् । उनले भने, ‘यदि सम्भव छ भने किन नगर्ने ?’

 

‘हामी हेर्छौं, यो सम्वभ छ ? यदि सम्भव छ भने कतारका साथीहरुसँग छलफल गर्छौं र त्यो क्षेत्रका अरु साथीहरुसँग छलफल गरिरहेका छौं’ उनले अघि भने ।

 

क्वालालम्पुरमा आयोजित एसियाली फुटबल महासंघको कंग्रेसलाई सम्बोधन गर्दै उनले विश्वका हरेक क्लबलाई लक्षित हुने गरी वास्तविक प्रतिस्पर्धा गराउन चाहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्