सिरी ’ए’ को उपाधि इन्टर मिलानलाई



एजेन्सी : इन्टर मिलानले इटालियन सिरी ’ए’ फुटबलको उपाधि जितेको छ । आइतबार दोस्रो स्थानको एट्लान्टा बराबरीमा रोकिएपछि इन्टरले उपाधि जितेको हो ।

१० खेलाडीमा समेटिएको एट्लान्टाले सासोउलोसँग १–१ गोलको बराबरी खेलेको हो । एट्लान्टाका रोबिन गोसेन्सले गोल गरेका थिए । तर, सासोउलोका डोमिनिको बेरार्डीले बराबरी गोल फर्काएका थिए ।

गोल्लिनीले सुरुवातमै रातो कार्ड पाएको खेलमा एट्लान्टाका लुइस मुरिएल पेनाल्टी गोल गर्न असफल भएका थिए । एट्लान्टाको बराबरीसँगै इन्टरले १३ अंकको स्पस्ट अग्रता बनाउदै उपाधि जितेको हो ।

इन्टरले ११ वर्षपछि सिरी ’ए’ को उपाधि जितेको हो । सिरी ’ए’ मा युभेन्ट्सको एकतर्फी राज तोड्दै इन्टर यस पटक च्याम्पियन बनेको हो । इन्टरले पछिलो पटक सन् २०१० मा सिरी ’ए’ को उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्