काँग्रेस र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णयगरेसँगै राजनीतिक वृत्तमा पुनः चहला पहल शुरु भएको छ । प्रधानमन्त्रीको कदमप्रति सशंकित प्रतिपक्षी दल नेपाली काँग्रेस र माओवादी केन्द्रले आज त्यस विषयमा छलफल गर्दैछन् । माओवादी केन्द्रको दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको स्थायी समिति बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुन लागेको एक नेताले जानकारी दिए।

यस्तै नेपाली कांग्रेसको पदाधिकारी बैठकसमेत आजै ३ बजे राखिएको छ। ‘आज ३ बजे स्थायी समिति बैठक बोलाइएको छ,’ एक नेताले भने, ‘पछिल्लो राजनीतिक परिस्थितिको व्रिफिङ, र रणनीति तय गर्न लागेको हुनसक्छ।’ माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएपछि उनले विश्वासको मत लिन लागेका हुन्। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपनि संख्या नपुगेको भन्दै ल्याउन आनाकानी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्