खेलाडीमा कोरोना संक्रमण देखिएपछि आईपीएल स्थगित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट स्थगित भएको छ । लगातार खेलाडीमा कोरोना संक्रमण देखिन थालेपछि आईपीएल अर्काे सूचना नआउँदासम्मका लागि स्थगित भएको हो ।
आईपीएलमा कोलकाता नाइट राइडर्सका दुई खेलाडी, सनराइजर्स हैदराबादका एक खेलाडी र चेन्नई सुपर किङ्सका तीन अफिसियलमा कोरोना देखिएपछि आईपीएल स्थगित गर्ने निर्णय गरिएको क्रिक इन्फोले बताएको छ । आईपीएल स्थगित समान्य नहुन्जेलसम्मका लागि स्थगित गरिएको हो । आईपीएलमा यो सिजनका आठौं चरणका खेलहरु चल्दै थिए ।

प्रतिक्रिया दिनुहोस्