अभिनेत्री कंगनाको ट्वीटर एकाउण्ट सस्पेण्ड



एजेन्सी– बलिउड अभिनेत्री कंगना रनौतको ट्वीटर एकाउण्ट सस्पेण्ड भएको छ।

बंगाल चुनावको मतपरिणामलाई लिएर ममता बनर्जीमाथि गरेको टिप्पणीपछि ट्वीटर सस्पेण्ड भएको बताइएको छ ।

उनले ममतामाथि आपत्तिजनक शब्दको प्रयोग गरेकी थिइन। कंगनाले बंगाल चुनावलाई लिएर सिलसिलेबार रुपमा ट्वीटरमा टिप्पणी गरेकी थिइन्। उनले ममतालाई रगतकी प्यासी भएको टिप्प्पणी गरेकी थिइन्। असिक्सजनका विषयमा समेत नकारात्मक टिप्पणी गर्दै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्