राष्ट्रपतिबाट अध्यादेश जारी भएकोमा कांग्रेसको आपत्ति



काठमाडौं । संसद्लाई छलेर राष्ट्रपतिबाट अध्यादेश जारी भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट एकसाथ सात वाटा अध्यादेश जारी भएकोप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका हुन् । उनले संसद् छलेर अध्यादेशमार्फत् शासन चलाउने सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन् ।
‘संसद्को बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसद्लाई छलेर अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ’, देउवाले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्