सरकारले भन्यो : बालबालिका कुनै समस्या वा गाह्रो-अप्ठ्यारो परे यी नम्बरमा फोन गर्नु



काठमाडौँ : सरकारले यो विषम परिस्थितिमा बालबालिकालाई कुनै समस्या वा गाह्रो–अप्ठ्यारो परेमा सम्पर्क गर्न आग्रह गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले कोरोना महामारीको यो विषम परिस्थितिमा बालबालिका समस्यामा वा कुनै हिंसामा परेमा मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतोले यस्तो अवस्थामा आवश्यक सहयोगका लागि बाल हेल्प सेवा १०९८ तथा बालबालिका खोजतलास केन्द्र १०४ वा राष्ट्रिय बालअधिकार परिषद्को कार्यालयमा सम्पर्क गर्न आग्रह गरेकी छन् ।

परिषद्मार्फत यस संकटमा बालबालिकाको सहायता तथा संरक्षणका लागि स्वास्थ्यकर्मी, नागरिक संस्था तथा अन्तर्राष्ट्रि संघसंस्थासँगको सहकार्यमा बाल संरक्षण सहायताहरु सरकारले परिचालन गरेको मन्त्री महतोद्वारा जारी सन्देशमा भनिएको छ ।

साथै उनले घरपरिवारमा पनि अभिभावकले बालमैत्री व्यवहार गर्न, बालबालिकालाई पर्याप्त समय दिन र उनीहरुलाई सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सुरक्षित व्यवहार सिकाउन सन्देशमार्फत आग्रह गरेकी छन । मन्त्री महतोले सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड पालना गर्न नगराउनमा पनि जोड दिएकी छन् ।

हेर्नुहोस् मन्त्री महतोद्वारा जारी सन्देश

प्रतिक्रिया दिनुहोस्