गोलभेडाले बजार पाएनन्, बारी मै कुहिन थाले



बाँके– बन्दा बन्दीका कारणले उत्पादन भएका गोलभेडा बिक्री नहुदा बारी मै कुहिन थालेका छन् ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा निषेधाज्ञा जारी भएपछि किसानले लगाएको गोलभेडा खेतमै कुहिएको हो । सवारीसाधन संञ्चालन नभएपछि बारीमा गोलभेडा लिन पुग्ने व्यवसायी र खुद्रा ग्राहक पनि नआउँदा किसान मर्कामा परेका छन् । कृषि क्रान्ति गर्ने सरकारले कृषिजन्य उत्पादन ढुवानीका सवारीसाधनलाई निर्वाध चल्न दिने बताएपनि व्यवहारमा त्यसो हुन नसेपछि किसानले लगाएको तरकारी बारी मा नै कुहिने गरेका हुन् ।

उत्पादित तरकारी बजारसम्म लैजान नसक्दा किसानहरु दोहोरो मारमा परेका छन् । दैनीक गुजाराका लागि हुने आम्दानी पनि रोकिएको छ भने बैकबाट लिएको ऋणको व्याज पनि तिर्न नसक्ने अवस्था श्रृजना भएको छ । बैजानाथ गाँउपालिका फत्तेपुरका किसान बिनोद भुषालले उत्पादन गरेको गोलभेडा बिक्रि नहुँदा ११ लाख रुपैया बराबरको घाटा लागेको बताए । गोलभेँडा बिक्रि गर्ने समयमा जिल्ला मा निषेधाज्ञा जारी भएपछि आफ्नो सम्पुर्ण लगानी डुबेको किसान भुषालले बताए । भुषालले कृषि विकास बैँकबाट ५ लाख रुपैया ऋण लिएर १० कट्ठा जमिनमा तरकारी खेती शुरु गरेका थिए ।

बिनोद भुषालको तरकारी खेती छेउमै चन्द्रा चौधरीले खेती गरेका छन् । चौधरी आफै पनि गाँउको अगुवा किसान मध्य एक हुन् । चौधरीले माछा, बंगुर र तरकारी खेती समेत गर्दै आएका छन् । उनी घर घरका मानिसहरु व्यवसायीक तरकारी खेतीमा लागेको भएपनि बजार व्यवस्थापन हुन नसक्दा समस्या भएको बताउँछन् ।

व्यवसायीक तरकारी खेतीका लागि विधिबत फर्म दर्ता गराएका अधिकांश किसानले सरकारबाट सहयोग नपाएको गुनासो गर्ने गरेका छन् । बल्लतल्ल ऋण गरेर लगानी गरेर उत्पादन भएको तरकारीको सरकारले बजार प्रबन्ध गरिदिनुपर्ने माग उनीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्