‘भाइरस लागेको पत्रकारितालाई तह लगाउन विधेयक’



भैरहवा : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भाइरस लागेको पत्रकारितालाई तह लगाउन मिडिया काउन्सिल  विधेयक ल्याइएको बताएका छन्।

शुक्रबार नेपाल फोटो पत्रकार महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन्। ‘पत्रकारिता क्षेत्रमासमेत भाइरस पसेको छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘यसलाई हटाउन विधेयकले एन्टीभाइरसको काम गर्छ।’ 

उनले भाइरस लागिसकेपछि पनि एन्टीभाइरस बिना बस्न पाउनुपर्छ भन्ने माग अघि सार्नु स्वतन्त्रता नभई अराजकता भएको टिप्पणी गरे। 

त्यस्तै कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेशका १० क्षेत्रलाई बुद्धकालीन सम्पदाको रुपमा विकास गरिने बताए। १० स्थानमध्ये पनि अधिकांश कपिलवस्तुमा रहेकाले कपिलवस्तुलाई खुला संग्रहालयको रुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको उनको भनाइ छ। 

भेलामा देशभरका करिब १ सय ५० फोटो पत्रकार सहभागी छन्। बुद्ध जयन्तीको अवसरमा फोटो पत्रकार महासंघले तयार गरेको लुम्बिनीसहित प्रदेश ५ का पर्यटकीय सम्भावना बोकेका क्षेत्रका तस्बिर प्रदर्शनीमा राखिएको हो। अन्नपूर्ण पाेस्ट दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्