जन्ममिति सच्याएर सरकारी जागिर !



जाजरकोट : जिल्ला समन्वय समितिका एक कर्मचारीले नागरिकता सच्याएर जारिर खाएको खुलासा भएको छ। नागरिकतामा जन्ममिति सच्याएर भेरी नगपालिका ४ युरिगाउँका रामबहादुर डांगीले जागिर खाएको तथ्य सार्वजानक भएको हो। 

उनको नागरिकतामा जन्ममितिमा २०१९ साल माघ १५ गते उल्लेख छ। २०२८ भदौ १७ गते ८७ नम्बरको नागरिकता लिएको भनी उल्लेख छ। तर नागरिकतामा जारी गर्ने अधिकारको हस्ताक्षर भने छैन। 

नागरिकतामा नागरिकता जारी गर्ने अधिकारीको हस्ताक्षर नभएपछि  प्रशासनले आफ्नो तथ्यांक भिडाएको थियो। नागरिकतामा भएको मितिको विवरण पत्ता नलागेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले थप अनुसन्धान थालेको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए। 

२००९ साललाई सच्याएर २०१९ साल बनाएको उनीमाथि आरोप लागेको छ। डाँगीको प्रतिलिपि नागरिकताका बारेमा प्रशासनले छानबिन थालेको प्रजिअ बस्नेतले बताए। डाँगीले २०६७ सालमा जागिरबाट अवकास लिनुपर्ने देखिए पनि नागरिकतामा जन्ममिति सच्याएर लामो समयसम्म पदमा बसेर सेवासुविधा प्रयोग गरिरहेको पाइएको हो।

प्रतिक्रिया दिनुहोस्