सबै एटिएममा नेपाली भाषा अनिवार्य गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं : नेपाल राष्ट्र बैंकले अटोमेटेड टेलर मेसिन (एटीएम) मा अनिवार्य रूपमा नेपाली भाषा प्रयोग गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। आइतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ३० दिनभित्र नेपाली भाषासहितको एटिएम प्रयोगमा ल्याउन निर्देशन दिएको हो। 

हाल बैंक तथा वित्तीय संस्थाहरूबाट सञ्चालित केही एटिएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने सुविधा नरहेको सम्बन्धी जनगुनासाहरुआएकोले यस्तो निर्देशन दिएको हो।

 

प्रतिक्रिया दिनुहोस्