लायन्सको डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनको इन्टरनेशनल डाइरेक्टरमा बुर्लाकोटीको दावेदारी



काठमाडौँ । मानवीय सेवामा क्रियाशील सामाजिक परोपकारी अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सन आगामी जेठ २१ र २२ गते हुँदैछ । कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टर पनि छनोट हुनेछ । इन्टरनेशनल डाइरेक्टरमा नेपालका बालकृष्ण बुर्लाकोटीले उम्मेदवारी दिएका छन् । उनीसँगै खगेन्द्र सिटौला र शम्भु घिमिरे पनि प्रतिस्पर्धामा उत्रिएका छन् । नेपालमा ए१, ए२, बी१ र बि२ गरी चार वटा डिस्ट्रिक्ट छन् । चारवटै डिस्ट्रिक्टमा चुनावी माहोल तातेको छ ।
लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्वगभर्नर बुर्लाकोटी लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५ नेपालका पूर्व अध्यक्ष पनि हुन् । मल्टिपलमा लायन्स फन्डको सुरुवात गर्नेदेखि मल्टिपलको सचिवालयलाई चलायमान बनाउँदै संस्थागत गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विश्वका २ सय भन्दा बढी देशमा सक्रिय लायन्स अन्तर्राष्ट्रियमा उनले आफ्नो गभर्नर कालमा धेरै नयाँ कीर्तिमान बनाएका छन् । लायन्सको सय वर्षको इतिहासमा पहिलो पटक एकै कार्यकालमा १०० वटा क्लब खोलेर उनले विश्व कीर्तिमान नै बनाएका थिए । २ हजार ८ सय ६३ मेम्बरसिप ग्रोथ तथा सय वटा एमजेएफ कन्ट्रिव्युसन गराउन उनी सफल भएका थिए ।
नेपाल लायन्स फाउण्डेसनमा १ करोड ३१ लाख ५० हजार रुपैयाँ उनले थप गराएका थिए । गभर्नर हुँदा होस् वा अन्य जिम्मेवारीमा रहँदा, उनले लायन्समार्फत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान दिएका छन् । लायन्स अन्तर्राष्ट्रियको सिकागो कन्भेन्सन, लस भेगस कन्भेन्सनमा आफ्नो महत्वपूर्ण प्रस्तुति राखिसकेका बुर्लाकोटीले इसामे एरिया फोरम कलकत्तामा पनि विषेश प्रस्तुत राख्न सफल भएका छन् ।
इन्टनेशनल डाइरेक्टर बनेपछि आफूले संसारभर नेपाललाई चिनाउन लागिपर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्