स्थानीय अाफैंले बनाए जलविद्युत्



तानसेन : माथागढी गाउँपालिका गाठादीकी पवित्रा थापाको दैनिकी फेरिएको छ । अधिकांश समय जाँतो पिसेर दिन गुजारेकी उनले गाउँमा बिजुली बल्न थालेदेखि निकै राहत पाएकी छन् ।

 

गाउँमै कुटानी पिसानी मिल सञ्चालन भएपछि पवित्राजस्ता महिलालाई सहज भएको हो । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन गाउँमा लैजान असम्भव भएपछि गाउँमै लघुजलविद्युत् उत्पादन गरिएको छ । 

विद्युत् गृह निर्माण गर्न गोठादीका महिलाको सक्रियतामा गाउँमा श्रमदान र प्रतिपरिवार ३४ हजारका दरले एक करोड दुई लाख उठाइएको थियो । नेपाल सरकार वैकल्पिक उर्जा प्रवर्दन केन्द्रबाट ५२ लाख रुपैयाँसमेत प्राप्त भएको थियो । 

गाउँमा बिजुली बल्न थालेपछि बालबालिकाको पढाइमा सहज भएको छ । साथै गाउँमै व्यापार, होटललगायत क्षेत्र फस्टाएका छन् । फर्निचर, कुटानी, पिसानी मिल सञ्चालनमा आएपछि कतिपयले रोजगारीसमेत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्