पोइ पर्यो काले’ को मुहूर्त, छायांकन सुरु नहुँदै प्रदर्शन मितिको घोषणा



काठमाडौं : शिशिर राणाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘पोइ पर्‍यो काले’ को घोषणा गरिएको छ। सोमवार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको हो।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले संयूक्त रूपमा फिल्मको मुहूर्त गरे। जेठ १३ गतेबाट छायाङ्कन सुरु हुने फिल्ममा नायक सौगात मल्ल र नायिका पूजा शर्मालाई श्रीमान–श्रीमतीको भूमिकामा देख्न पाइनेछ।

त्यसैगरी चलचित्रमा आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, राजाराम पौडेल, सोहित मानन्धर, विन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ। छायाङ्कन आरम्भ नहुँदै आउँदो कात्तिक ८ गते दिपावलीमा फिल्म प्रदर्शनमा आउने निर्माण टिमले घोषणा पनि गरेको छ।

शिव ढकालले खिच्ने फिल्मका गीत रघु परियार र हरि उप्रेतीले लेखेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्