यस्तो बन्यो ‘शुभलभ’ को ट्रेलर



काठमाडौं : चैत १५ मा प्रदर्शन हुने चलचित्र ‘शुभलभ’ को ट्रेलर सार्वजनिक गरिएको छ। बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको सोमबार युट्युबबाट ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा डेब्यु नायक हरिहर अधिकारी र नव नायिका कृस्टिन पौडेलबीचको माया,बिछोड र मायामा हुने युद्ध देखाइएको छ। हरिहर र क्रिस्टिन देखाइएको छ।

चलचित्रमा हरिहर, क्रिष्टिनसंगै सरोज खनाल, रविन्द्र झा, राजेन्द्र पौडेल, प्रदिप वास्तोला, राजाराम पौडेल, अनुज पाण्डे र डाक्टर सुर्या थापा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।चलचित्रका निर्देशक तथा निर्माता सन्तोष बाबु लोहनी हुन्।

धर्मराज शर्मा सुवेदीको लगानीमा बनको उक्त चलचित्रको प्रस्तुतिकर्ता श्री प्रदीप कुमार उदय हुन् ।

 

प्रतिक्रिया दिनुहोस्