चितवन राइनाेजले हुलास काठमाडाैंलाई दियाे १५० रनकाे रक्ष्य



पोखरा : टस हारेर ब्याटिङमा उत्रिएकाे चितवन राइनाेजले पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत हुलास काठमाडौं रोयल्सलाई १ सय ५० मध्यम लक्ष्य दिएकाे छ । २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४९ रन जोड्यो। 

 

चितवनका लागि हरिशंकर साहले अर्धशतक प्रहार गरे। ओपनिङमा आएका हरिशंकरले ६० रन जोडे। लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गर्ने क्रममा हरिले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि अनिलकुमार साहसँग ५४ रनको साझेदारी गरेका थिए। यसअघि हरिले बुधबार एक्पर्ट धनगढी बुल्जविरुद्ध ५३ रन प्रहार गरेका थिए। 

 

कप्तान पारस खड्काले १४ रन जोडे। उनले १४ बलमा १ छक्का हिर्काए। पारसलाई काठमाडौंका नन्दन यादवले बोल्ड गर्दै पेभिलियनको बाटो देखाएका थिए। ओपनिङ ब्याट्सम्यान अनिलकुमार साहले २७ रन जोडे। काठमाडौंका बसन्त रेग्मीको एलबीडब्लूको धरापमा पर्नुअघि अनिलले २७ बलमै ३ चौका र १ छक्का हिर्काए। 

 

स्मित पटेलले २४ बलमा ३१ रन जोेडे। पवन सार्राफबाट रनआउट हुनुअघि उनले ३ चौका र १ छक्का प्रहार गरे । सनी पटेल ७ बलमा १३ रन जोडेर आउट भए। 

 

बलिङमा वसन्त रेग्मीले २ विकेट लिए। नन्दन यादव र पवन सार्राफले पनि १-१ विकेट हात पारे। 

प्रतिक्रिया दिनुहोस्