लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शुरू



बुटवल : लुम्बिनी प्रदेशअन्र्तगत राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि उपनिर्वाचन शुरू भएको छ । दाङमा जारी मतदानमा पहिलो भोट लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरेका छन् । उपनिवार्चनमा एमालेको तफर्बाट चन्द्रबहादुर खड्का र गठबन्धनको तर्फबाट दृगनारायण पाण्डे प्रतिस्पर्धामा छन् ।

कांग्रेसको तर्फबाट उम्मेदवार बनेका पाण्डेलाई नेकपा (माओवादी केन्द्र) जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) र राष्ट्रिय जनमोर्चाको समर्थन छ । एमालेका खड्कालाई जसपा महन्त ठाकुर पक्षको समर्थन छ । ३०० जना मतदाता रहेको निर्वाचन दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगका सूचना अधिकारी गेहेन्द्र कुवरले जानकारी दिए ।

माओवादी केन्द्रका खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले उनलाई कारवाही गरेपछि रिक्त ठाउँमा उपचुनाव हुन लागेको हो । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतभार प्रदेशको १ बराबर ४८ र स्थानीय तहको १ बराबर १८ हुन्छ ।

लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेशसभाका ८३ सांसद छन । पाण्डे कपिलवस्तुका र खड्का अर्घाखाँचीका हुन् ।

प्रतिक्रिया दिनुहोस्