बजेट अधिवेशनअघि लुम्बिनीमा एमाले संसदीय दलको बैठक बस्दै



बुभटवल : लुम्बिनी प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन आजदेखि शुरू हूँदैछ । अधिबेशनकै विषयमा योजना बनाउन सत्तारूढ नेकपा एमालेले संददीय दलको बैठक बोलाएको छ । दिउँसो १ बजेदेखि शुरू हुने प्रदेश सभामा दलीय धारणा तय गर्न बिहान दलको बैठक बोलाइएको प्रमुख सचेतक भुमिश्वर ढकालले बताए ।

एमालेले सभामुख पूर्णबहादुर घर्तीले कानुन विपरीत मुख्यमन्त्री शंकर पोखरेलविरूद्व अविश्वासको प्रस्ताव पेश गर्ने आशंका गरेको छ । सभामुख घर्तीले विपक्षी गठबन्धनले प्रदेशसभामा दर्ता गरेको अविश्वासको प्रस्तावमा संसदमा अगाडि बढाउने धारणा यसअघि नै सार्वजनिक गरेका थिए ।

हिजो बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा आज पहिलो दिन बैठक शुरू गरी दलीय शुभकामना राख्ने सहमति भएको छ । तर एमालेले कार्यसूची विपरीत सभामुखले अविश्वासको प्रस्ताव अगाडि बढाउनसक्ने आशंका गरेको छ भने विपक्षी दलले सरकारले संसद अन्त गरी अध्यादेशबाट बजेट ल्याउने आशंका गरेको छ ।

एमाले संसदीय दलको बैठकमा १७ जेठमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा विपक्षी उम्मेदवारलाई मत दिएका दुई सांसदका विषयमा पनि छलफल हुने सतेतक ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्