इराले पार गरिन् टिनएज



मुम्बई : बलिउडका ‘मिस्टर पर्फेक्सनिस्ट’ की छोरी इराले ‘टिन एज’ पार गरेकी छिन्। सन्दर्भ मिस्टर पर्फेक्सनिस्ट अर्थात आमिर खानकी पहिलो पत्नी रीना दत्तातर्फकी छोरी इराको हो।

इरा ४ वर्षकी हुँदा सन् २००२ मा उनका बाबुआमाको सम्बन्धविच्छेद भएको थियो। त्यसपछि उनी आमा रीनासँग हुर्किइन्। आमिरले उनको जन्मदिनमा आफ्ना लागि इरा जति ठूली भए पनि सधैं ६ वर्षीया फूच्ची नै रहने निकै इमोसनल पोस्ट गरी जन्मदिनको शुभकामना दिए पनि उनले भने कुनै प्रतिक्रिया जनाएकी छैनन्।

हुन त उनी बेला बेला पिता आमिरसँग पनि भेटघाट गर्ने र सँगै समय बिताउने गर्छिन्। उनका पिताले एउटा अन्तर्वार्तामा भनेको ‘म यकिनसँग त भन्न सक्दिनँ, उसले के सोचिरहेकी छ। तैपनि मलाई लाग्छ उसलाई फिल्म मेकिङ मनपर्छ, त्यसैले हुनसक्छ ऊ यही लाइनमा आओस्’ स्मरणयोग्य छ। के बेर अब बलिउड डेब्यू गर्ने स्टारकिड्समा उनी पनि सामेल हुन।

प्रतिक्रिया दिनुहोस्