प्रदेशसभा २ : ६३ बैठक, १४ विधेयक पारित



जनकपुरधाम : प्रदेश २ सभाले हालसम्म १४ विधेयक पारित गरी कार्यान्वयनमा ल्याएकाे छ । 

तीन वटा विधेयक छलफलको चरणमा रहेको प्रदेश २ सभामुख सरोज यादवका प्रेस सल्लाहकार प्रभाकर सिंहले जानकारी दिए ।

 

सिंहका अनुसार प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ गतेदेखि सुरु भएको र अहिलेसम्म ६३ वटा प्रदेशसभा बैठक बसिसकेको बताएका छन् । यसबीच १४ वटा विधेयक प्रदेशसभाबाट पारित भइसकेको सिंहले जानकारी दिए । 

 

असोज २७ गते बसेको बैठक अर्को सूचना प्रकाशित नहुन्जेललाई स्थगितसमेत गरिएको थियो । प्रदेशसभा बैठक छठअघि बस्ने सम्भावनासमेत टरेर गएको छ । 

प्रदेशसभा बैठक छठपछि मात्रै बस्ने सम्भावना

प्रतिक्रिया दिनुहोस्