यस्तो ट्वीट गरेपछि विवादमा आए विवेक, आलोचना गर्नेलाई दिए यस्तो जवाफ



बलिउड कलाकार विवेक ओबरायले चुनावलाई मध्यनजर गर्दै ट्वीट गरेको आफ्नै एउटा मिमले विवाद निम्त्याएपछि माफी मागेका छन् । भारतमा हालै सम्पन्न चुनावको नतिजा आउन बाँकी रहँदा विवेकले चुनाव र जीवनसँग जोडिएको एउटा मिम पोस्ट गरेका थिए ।

सो मिममा ३ तस्वीरहरूको प्रयोग भएको छ । एकमा अभिनेत्री एश्वर्या राय बच्चन सलमान खानसँग छिन भने बाँकी दुई तस्विरमा क्रमशः विवेक स्वयं र अभिषेक बच्चन रहेका छन् । अभिषेक बच्चनसँगको तस्वीरमा ऐश्वर्याकी छोरी आराध्या पनि छिन् । यो तस्वीर शेयर गरेपछि बलिउडका कलाकार र ट्वीटर प्रयोगकर्ताले ओबरायमाथि नकारात्मक टिप्पणी गरेका थिए ।

 

पोस्ट गरिए लगत्तै मिम भारतमा भाइरल भयो। उनको यस पोस्टलाई लिएर विशेषगरी महिलाहरूले आपत्ति प्रकट गरेका छन्। यस क्रममा बलिउड अभिनेत्री सोनम कपुरले 'घटिया सोच' भनेर टिप्पणी गरेकी थिइन्।

यसको जवाफ विवेकले जसकोबारेमा पोस्ट गरियो उनीहरूलाई मतलब छैन, सरोकार नभएकाहरूले चासो दिएर नेतागिरी गर्ने लागेको भनेर दिएका छन्। उनले सोनमालाई सिनेमा 'ओभर एक्टिङ' कम गर्न र सामाजिक संजालमा 'ओभर एक्ट' नगर्न सल्लाह दिएका छन्। हाल सो ट्विट विवेकले हटाइसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्