मीरा देवी राईको ‘मायाले बोलायो’ युट्युबमार्फत सार्वजनिक



काठमाडौं : पालुवा स्टार रोशन राईको आवाज रहेको गीत 'मायाले बोलायो' युट्युबमार्फत सार्वजनिक भएको छ । यसमा मीरा देवी राईको शब्द र सङ्गीत छ ।

गीतको भिडियोलाई विशाल लामाले कोरियोग्राफी तथा सम्पादन गरेका हुन् भने गीतलाई सुमन तामाङले निर्देशन गरेका हुन्।

यस भिडियोमा अभिनेता बेनिष भण्डारीलाई हीरा राईले साथ दिएकी छिन् । क्यामरामा भने रामेश्वर जिरेल रहेका छन् । अहिलेसम्म हेर्नेहरूले यस गीतलाई राम्रो प्रतिक्रिया दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्