सबै वकिललाई कोरोनाको खोप उपलब्ध गराउन डिएलएको माग



काठमाडौँ : महामारीका बेलामा पनि संविधान र कानूनको रक्षार्थ अग्रपङ्तिमा रहेर कार्य गर्दै आएकाले कानून व्यवसायीलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए)ले माग गरेको छ।

कानून व्यवसायी तथा पूर्वकानूनमन्त्रीसमेत रहेका नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ बधाईसहित ज्ञापनपत्र दिँदै डिएलएले कानून व्यवसायीलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको हो ।

डिएलएका महासचिव लक्ष्मीदेवी दाहालका नेतृत्वमा मन्त्रालयमा गएको टोलीले निषेधाज्ञा तथा लकडाउनका बेलामा पनि अदालत जानुपर्ने भएकाले कानून व्यवसायीलाई सङ्क्रमणको खतरा बढिरहेको तर्फ मन्त्री तामाङको ध्यानाकर्षण गराएको थियो ।

गत फागुन २३ देखि चैत ३ गतेसम्म सञ्चालित पहिलो खोप अभियानमा करिब ७५० कानून व्यवसायीले पहिलो खोप लगाउने मौका पाए पनि दोस्रो खोप लगाउनुपर्ने म्याद सकिनै लाग्दासमेत दोस्रो खोप लगाउन नपाएको ज्ञापनपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्