२०७५ जेठ २ मा कायम स्थायी कमिटी बैठक बोलाउन वामदेव गौतमको प्रस्ताव



काठमाडौँ । नेकपा एमालेका नेता वामदेव गौतमले विभाजनको डिलमा पुगिसकेको पार्टीलाई एकताबद्ध गर्न २०७५ जेठ २ गते कायम स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।
पार्टी एकता राष्ट्रिय अभियानको सोमबार भर्चुअल रुपमा भएको कार्यसम्पादन समितिको बैठकको निष्कर्ष सार्वजनिक गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गते कायम रहेको दुई बरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाउन आग्रह गरेका हुन् ।
एकता अभियानका संयोजक गौतमले मंगलबार जारी गरेको विज्ञप्तिमा कार्यसम्पादन समितिको बैठकले अध्यक्ष ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयत्न मान्न नसकिने निष्कर्ष निकालेको उल्लेख गरिएको छ ।
एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थाबाट अगाडि बढाउने प्रस्ताव सकारात्मक भएको अभियानको ठहर छ । एकताको पक्षमा उभिएका नेताहरुलाई स्थायी र केन्द्रीय कमिटीको संरचनामा ल्याउने विषय एमालेको समस्यामा ल्याउनु गलत भएको भन्दै गौतम नेतृत्वको अभियानले भनेको छ, ‘जनवर्गीय संगठनहरुको संरचनाका सम्बन्धनमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अजस्थालाई अस्वीकार पनि गर्न सकिन्छ भन्ने हो, जसलाई इमान्दार एकता प्रयत्न मान्न सकिन्न ।’


प्रनिधिनिसभा विघटन खारेज र विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर रिटमा एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिनु पर्ने अध्यक्ष ओलीको शर्तमा गौतम असहमत देखिएका छन् ।
ओलीको प्रस्तावमा आफ्नै प्रशंसा लगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषा शैलीको प्रयोग भएकोले इमान्दार प्रयत्न मान्न नसिकने निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री ओलीका अनौकौ विवादित क्रियाकलाप र झखनाथ खनाल–माधव नेपाल समूहका क्रियाकलाप एकअर्कासँग सम्बन्धित भएर आएको भन्दै उनले भनेका छन्, ‘यसले हाम्रो पार्टी ज्यादै पेचिलो अन्तनरपार्टी संघर्षलाई व्यक्त गरेको छ । यी सबै विषयलाई पुनः एकतावद्ध भएपछिको पार्टी कमिटी बैठकबाट मात्र समाधान गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्