प्रदेश २ मा जसपा, काँग्रेस र माओवादी केन्द्रबीच सहमति



काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेपाली काँग्रेसबीच प्रदेश २ मा सत्ता सहकार्यका लागि सहमति भएको छ ।
सहमतिसँगै काँग्रेस यादव पक्ष नेतृत्वको सरकारमा सहभागी हुने निश्चित भएको छ । काँग्रेससँगै काँग्रेस नेकपा माओवादी केन्द्र पनि सरकारमा सहभागी हुनेछ ।
सहमतिअनुसार काँग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुनेछन् ।
प्रदेश २ सरकारमा १० वटा मन्त्रालय छ । जसमध्ये पाँचवटा मन्त्रालय जसपाले राख्ने र बाँकी पाँच वटामा तीनवटा काँग्रेस र दुईवटा माओवादी केन्द्रले लिने सहमति भएको हो ।
जसपा यादव पक्षी नेता तथा मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई सरकारबाट निलम्बन गरेपछि काँग्रेस र माओवादी केन्द्रसँग सत्ता सहकार्य भएको हो ।

यो सहमतिका लागि दुवै पक्षबाट छ सदस्यीय कार्यदल गठन भएको थियो । बुधबार कार्यदलको बैठक बसेर सहमतिलाई अन्तिम रुप दिइ सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । त्यसपछि बुधबार साँझ नै नवनियुक्त मन्त्रीको शपथ हुनेछ ।
अनुसार काँग्रेसबाट रामसरोज यादवको नेतृत्वमा र माओवादी केन्द्रबाट भरत साहको नेतृत्वमा सरकारमा सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्