भारत उत्तर प्रदेशमा बस र लोडर ठोक्किँदा १७ जनाको मृत्यु



एजेन्सी : भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । भारतको उत्तरप्रदेश राज्यको कानपुरमा गएराति बस र लोडर ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर ठोक्किँदा १० जना घाइते भएका र उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेहरुमा धेरैजसो मजदुर रहेका छन् । उनीहरु लोडरमा सवार रहेका भारतीय प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रदेश सरकारले दुई–दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मृतकका प्रति परिवारलाई दुई–दुई लाख रुपैयाँ दिने र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्