राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य पाण्डेको शपथ आज



काठमाडौँ : राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य दृगनारायण पाण्डेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । बुधबार बिहान ११ बजे पाण्डेको शपथ ग्रहण कार्यक्रम रहेको छ ।

गत १७ गते भएको निर्वाचनमा पाण्डे विजयी भएका थिए । नेकपा एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गर्दै कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट पाण्डेय चुनिएका हुन् ।

राष्ट्रिय सभाका लागि लुम्बिनी प्रदेशबाट अन्य समूहअन्तर्गत भएको निर्वाचनमा उनी विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्