बाँकेमा थप ३ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौँ : बाँकेमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–६ की ४० वर्षीय महिलाको मंगलबार साँझ भेरी अस्पतालमा र प्युठानको प्युठान नगरपालिका–६ का ७२ वर्षीय पुरुषको पनि मंगलबार साँझ नै उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

यस्तै, बर्दियाको राजापुर नगरपालिका–७ की ८० वर्षीय महिलाको बुधबार बिहान उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । यससँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०४ पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट आएका मृतकको संख्या ३२४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्