पीडित परिवारलाई दुई लाख राहत रकम हस्तान्तरण



अनिल यादव/रौतहट : चट्यांग लागेर निधन भएका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । रौतहट जिल्ला प्रशासन कार्यालयमा बुधबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निधन भएका व्यक्तिको नजिकको हकवालालाई रकम हस्तान्तरण गरेका हुन् ।

गत वैशाख ९ गते बृन्दावन नगरपालिका वडा नं। ३, प्रतापपुर पल्टुवा बस्ने वर्ष ४८ का रामलक्षण महरा भन्ने राम लसन महराको निधन भएको थियो । महराको निधनप्रति सहानुभूति राख्दै सरकारले राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सोही क्रममा सरकारबाट प्राप्त दुई लाख रुपियाँको चेक प्रजिअ यादवले स्वर्गीय महराकी श्रीमति झौरी देवीलाई हस्तान्तरण गरेकी जिल्ला प्रशासन कार्यालयका विनयकुमार झाले बताए ।

प्रतिक्रिया दिनुहोस्