विपन्न बिरामीलाई १५ लाख



रुकुम पश्चिम : सानीभेरी गाउँपालिकाले चालू आर्थिक वर्षमा प्राकृतिक प्रकोपपीडित र विपन्न बिरामीलाई १५ लाख वितरण गरेको छ। गाउँपालिकाको नीतिअनुसार चालू आवको अहिलेसम्ममा ७१ प्राकृतिक प्रकोपपीडित तथा ३८ विपन्न परिवारका बिरामीलाई उक्त रकम वितरण गरिएको हो।

गत साउनदेखि हालसम्ममा बाढीपहिरो, आगलागी र चट्याङमा परेर मानवीय तथा सम्पत्ति क्षति भएका परिवारलाई ७ लाख ३९ हजार र विभिन्न रोगका बिरामी तथा जोखिममा परेका बालबालिकालाई सो सहयोग गरिएको हो।

प्रकोप पीडित तथा आर्थिक अभावका कारण उपचार गर्न नसक्ने र जोखिममा परेका बालबालिकालाई अध्ययनका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले बताए।

प्रतिक्रिया दिनुहोस्