घट्दै सुनको मूल्य 



काठमाडाैं : आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ५९ हजार २ सय रुपैंयाले कारोबार भइरहेको छ। हिजो तोलाको ५९ हजार ४ सय रुपैयाँले भएको सुनको कारोबार आज अर्थात् बिहीबार भने झरेर सो रकम कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य भने तोलाको ५८ हजार ९ सय रुपैयाँले कारोबार भइरहेको छ । बुधबार तेजावी सुनको मूल्य ५९ हजार १ सयले कारोबार भएको थियो। चाँदी भने तोलाको ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंले जनाएको छ । बुधबार चाँदीको मूल्य ७ सय ५ रुपैयाँ थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्