मतदान गर्न प्र‍ेरित गर्ने अनिल कपुरले किन गरेनन् मतदान ?



भारतीय लोकसभा चुनावको क्रममा विभिन्न सेलिब्रिटीले मानिसहरुलाई भोट हाल्न लागि प्रेरित गरेका थिए। कतिले चुनावी अभियानमा भागसमेत लिए। यद्यपि, बलिउड सेलिब्रिटीमध्ये केहीको अन्य देशको नागरिकता भएकाले मतदान नगरेको भेटिएको छ भने कति भारतकै नागरिकता भए पनि भोट हाल्न असमर्थ भए। यीमध्ये एक सेलिब्रिटी हुन्, अनिल कपुर।

मानिसहरुलाई भोट हाल्न प्रेरित गर्ने अनिल पनि एक हुन् । उनले ट्वीट गर्दै भनेका थिए, ‘हाम्रो एक भोटले स्थिति परिवर्तन हुन सक्छ र म सबैलाई यो निवेदन दिन चाहन्छु कि भारतका लागि पक्कै पनि भोट गर्नुहोस्।’

केही दिनअघि एक कार्यक्रममा कुराकानीका क्रममा आफूले भोट नहालेको कारणबारे अनिलले जानकारी दिएका छन्। आफू उपचारका लागि म्युनिखमा भएकाले यसवर्ष भोट हाल्न नपाएको उनले बताएका छन्। भने, ‘यो उपचारका मैले करिब एक–डेढ वर्षअघि अपोइन्टमेन्ट लिएको थिएँ। यतिबेला मसँगै श्रीमती सुनितासमेत छिन्।’

जर्मनीमा हुँदासमेत आफूले भोट हाल्न प्रयास गरेको तर प्रयास विफल भएकोमा उनले अफसोस पनि जताए। उनले भने, ‘त्यहाँको दूतावासमा भोट हाल्न पाउने सुविधा उपलब्ध थिएन। भविष्यमा यस्तो सुविधा पक्कै पनि हुनुपर्छ। हामी जुनसुकै देशमा हुँदा पनि आफ्नो देशको लागि भोट हाल्न पाउनुपर्छ।’

Anil Kapoor opens up about the real reason behind why he couldn’t cast his vote via @etimes https://t.co/44jXnvYeuI

— Times of India (@timesofindia) May 23, 2019

 

प्रतिक्रिया दिनुहोस्