एमाले संसदीय दलमा गएनन् पुनर्बहाली भएका चार सदस्य



सुर्खेत : नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली भएका प्रदेश सभाका चार सदस्य अनुपस्थित भएका छन् । अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन् ।

प्रदेश सभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने कार्यसूची छ । आज बिहान सो दलका बैठकमा उपस्थित हुन चारै जनालाई पत्राचार गरिएको थियो । संसदीय दलका बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरे पनि चारै सदस्य अनुपस्थित भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जानकारी दिए । यसअघि एमालेले चारैजनलाई निस्कासन गरे पनि सर्वाेच्च अदालतले पुनर्बहाली गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्