चलचित्र ‘कप्स’ को पोष्टर सार्वजनिक



काठमाडौं :  चलचित्र ‘कप्स’को पोस्टर सार्वजनिक भएको छ। बिहीबार निर्माण युनिटले नायक अनुपविक्रम शाही अभिनित चलचित्रको दुई पोस्टर सार्वजनिक गरेको हो। 

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य चार कलाकार अनुपविक्रम, नवनायिका सन्दीपा लिम्बु, अनुपा भट्टराई र अमित गिरी फिचर छन्। पोस्टरमा प्रहरीको वर्दीमा रहेका नायक अनुपविक्रमलाई रिसाहा अवतारमा देखाइएको छ।

जेठ १७ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन्। 

 

प्रतिक्रिया दिनुहोस्