फेरि ‘मेम’ सेयर गरी विवेक ओबरोयले उडाए मजाक 



एजेन्सीः २४ मे अर्थात् आज लामो समयदेखि रिलिजको प्रतीक्षा गरिएकाे नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म ‘पीएम नरेन्द्र मोदी' रिलिजको तयारीमा छ। फिल्ममा अभिनेता विवेक ओबरोय मोदीको भूमिकामा छन्। 

हालै विवेक एग्जिट पोलसँग जोडिएका एक ट्वीट गरेर मुश्किलमा फसेका थिए। यसकारण उनले निकै आलोचनाका साथै महिला आयोगबाट नोटिस पनि पाएका थिए। तर पछि उनले आफ्नो ट्वीट डिलिट गर्दै माफी पनि मागेका थिए।

हाल उनले अर्को 'मिम' सेयर गरेका छन्। यसले पनि तहल्का पिटेको छ। उनले सेयर तस्बिरमा मायावती, सोनिया गान्धी, राहुल गान्धी, शरद पवार, अजित सिंह, सीताराम येचुरीसहित विभिन्न राजनीतिज्ञ देखिएका छन्। उनीहरुले महागठबन्धनका लागि हात मिलाइरहेको देख्न सकिन्छ।

यो फोटोमा मोदी नामको डिटरजेन्ट पाउडर प्रयोग गरेर प्रश्न सोधिन्छ ‘अचम्म लाग्यो रु’ विवेक ओबरोयले आफ्नो मिम पोष्टमा लेखे, ‘सबै राजनीतिज्ञ जो नरेन्द्र मोदीलाई घृणा गर्न एकजुट हुनुभएको छ आफ्नो समय भारतलाई प्रेम गर्न खर्च गर्नुहोस् मादीलाई घृणा गर्न होइन। भारतलाई स्वस्थ प्रजातन्त्रका लागि समझदार विपक्षको आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्