प्रमोद पियाका ८ भोजपुरी गीत एकसाथ



वीरगन्ज : भोजपुरी गीतसंगीतमा लोकप्रिय गायक प्रमोद पिया यतिबेला भोजपुरी गीतको छायांकनमा अत्यन्त व्यस्त छन्। उनी अहिले रौतहटको चन्द्रनिगाहपुरको सहिद स्मृति पार्क तथा गौतम होटलमा कलाकार नेहा, अमन साह र ब्रजकिशोर साहसहित विभिन्न भोजपुरी गीतको धमाधम सुटिङ गरिरहेका छन्।

गीतकार मन्जूर निदर्दी र आशनारायण शर्माका गीत ‘भतरूबा मरले चलाके इटासे’, ‘बिजी रहेली खाली फेसबुक पे’, ‘लागल लेहँगामें मोर खरावस ए राजा’ र ‘मौगीके दाँत लागे ट्रयाक्टरके फार’ गीतको म्युजिक भिडियो तयार पारिरहेका छन्।

यी गीतका म्युजिक भिडियोको छायांकन क्यामेराम्यान मनोज यादव र प्रमोद यादवको छ भने निर्देशन सुनील तिवारीले गरेका छन्। डिजे लालबाबु र मोहन मुस्कानको संगीतमा ४ वटा गीतका म्युजिक भिडियो तयार पार्न गौतम होटलका सिइओ राजनकुमार साह र नितेशकुमार समाको विशेष सहयोग रहेको गायक पियाले बताए।

म्युजिक भिडियोको सुटिङमा ड्रोन क्यामरा भने आनन्द कुन्दन स्टुडियोले उपलब्ध गराएको छ। पियाले सुटिङका लागि शिव पुरी, रमेश तिमल्सिना, सुब्बा कार्की, फानि महत, पूजा, सीमा, आश्विन, मनमोहन श्रेष्ठ, एसके सहनी, विशाल सहनी, दिलीपलगायत सबैलाई धन्यवाद दिए।

रौतहटका बासिन्दा उदीयमान गायक प्रमोद आफ्नै जिल्लालाई कर्मथलो पनि बनाउँदै अहिले मोडलिङ र सांगीतिक क्षेत्रमा स्थापित हुँदै गएका छन्। नृत्य र गायनमा पोख्त प्रमोद सुगठित र आकर्षक शारीरिक सौन्दर्यका पनि धनी छन्। उनले विभिन्न म्युजिक भिडियोमा समेत कुशल अभिनय गरिसकेका छन्। यसअघि उनका गीतको एल्बमसमेत बजारमा ल्याइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्