आउने भयो ‘लेडी सिघंम’



सिंघम’, ‘सिंघम रिटर्न्स’ तथा ‘सिम्बा’ जस्ता चर्चित फिल्म निर्माण गरेका बलिउडका चर्चित निर्देशक रोहित शेट्टीले ‘लेडी सिंघम’ बनाउने योजना बनाइरहेका छन् । ‘सिंघम’को दुई भागमा अजय देवगनले पुलिसको भूमिका निर्वाह गरेका थिए ।

रोहितले ‘लेडी सिंघम’ महिला पुलिसको कथामा आधारित रहेर निर्माण गर्ने बताएका छन् । फिल्म निर्माणकाे खबर सार्वजनिक भएसँगै दर्शकमा ‘लेडी सिंघम’मा रोहितले कुन अभिनेत्री अनुबन्धित गर्लान् अड्कलबाजी सुरु भएकाे छ ।

भारतीय मिडियाका अनुसार रोहितको ‘सिंघम’को दुई भागले बक्स अफिसमा राम्रो कमाइ गरेपछि आफूले प्रहरीको कथामा थप पात्र र कथालाई बेग्लै शैलीमा प्रस्तुत गर्ने सोच बनाएको बताउँदै आफ्नो नयाँ योजना सुनाएका हुन् ।

पुलिसको कथामा आधारित रहेर एकपछि अर्को फिल्म बनाइरहेका रोहित फेरि पनि पुलिसकै कथामा अक्षय कुमारसँग ‘सूर्यवंशी’  फिल्मको छायांकनमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्