नेपाल –मलेसिया श्रम समझदारी कार्यान्वयन तत्काल कठिन



 

काठमाडाै‌ :  नेपाल मलेसिया श्रम समझदारी तत्काली कार्यान्वयन गर्न अप्ठेरो परेको छ । 

 

नेपालमा रहेका मलेसियाका चार संयन्त्रबारे को मुद्धा र वैदेशिक रोजगारी व्यवसायीको असन्तुष्टि सम्बोधन गर्न श्रम मन्त्रालयलाई कठिन देखिएको हो । मलेसियाले नेपालमा रहेको संयन्त्रबारे समीक्षा भईरहेको भन्दै पुरानै संयन्त्रमार्फत नेपाली कामदारको भिसा प्रक्रिया बढाउन अनुरोध गरेको छ । 

 

नेपाल सरकारको असहमति रहँदारहँदै भिसा प्रक्रियाका लागि भीएलएन, वान स्टेप सेन्टर र सुरक्षा जाँचका नाममा मलेसियाले कामदारबाट शुल्क उठाउँदै आएको थियो । यसलाई ठगी भन्दै श्रम मन्त्रालयले जेठ २ गतेदेखि मलेसिया कामदार पठाउन बन्द गरेको थियो । 

आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्