फुटबलको बन्द प्रशिक्षणमा ५० खेलाडी



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाइएको छ । नेपाली टोली भर्खरै मात्र विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरणको बाँकी खेल खेलेर कुवेतबाट स्वदेश फर्किएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार ५० खेलाडीलाई बन्द प्रशिक्षणका बोलाएका हुन् । प्रशिक्षक अल्मुताइरीले धेरै युवा खेलडीलाई अवसर दिएर बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । नेपाली टिमले जुलाई १ (असार १७) गते बाट प्रशिक्षण सुरु गर्ने एन्फाले जनाएको छ । नेपाली टोलीलाई दुई समूहमा विभाजन गरेर प्रशिक्षण थालिने छ ।
विश्वकप र एसियन कप छनोटको समूह ‘बी’ मा रहेको नेपाल विश्वकप छनोटको तेस्रो चरणमा पुग्न असफल भए पनि एएफसीले परिमार्जन गरेको छनोटको नयाँ नियमसँगै नेपाल सिधै तेस्रो चरणमा खेल्ने मौका पाएको छ ।

बन्द प्रशिक्षणमा परेका खेलाडीहरु :
किरण कुमार लिम्बु, अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, अनन्त तामाङ, अन्जन विष्ट, भरत खवास, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, सुनिल बल,सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ, एरिक विष्ट, दीप कार्की, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, आयुष घलान, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा,गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल,रवी पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखि, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, मनिष डाँगी, मिक्छेन तामाङ, नितिन थापा

प्रतिक्रिया दिनुहोस्