मोबाइल लुटपाट गर्ने दुई जना पक्राउ



कञ्चनपुर : मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वेदकोट–७ गौजीका १८ वर्षीय भरत धामी र सोही ठाउँ बस्ने २० वर्षीय भरत हमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनाले भीमदत्त–६ का सुनिता सिंह र उनका श्रीमान् लक्ष्मण सिंह घुम्नका लागि बुधबार रौटेला मन्दिर गएका बेला उहाँहरुको साथमा रहेको मोबाइल लुटपाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्