कपिल शर्मा बाबु बन्दै



भारतका चर्चित कमेडियन कपिल शर्माले ६ महिना अगाडि गिन्नी चतरथसँग प्रेम विवाह गरेका थिए। कपिलको विवाहमा बलिउडका निकै चर्चित सेलिब्रेटीहरु शुभकामना दिन विवाह भोजसम्म पुगेका थिए।

भारतीय मिडियालाई आधार मान्ने हो भने कपिलकी श्रीमती गिन्नी गर्भवती छिन्। यस्तैमा, अहिले कपिल पिता बन्न लागेको समचारहरु निकै आइरहेको छ। कपिलको परिवार पनि घरमा नयाँ सदस्यलाई स्वागत गर्न तयार छन्। तर, आफू पिता बन्न लागेको विषयमा कपिलले केही बोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्